ताजा समाचार

वामदेव निवासमा ४० मिनेट बिताएर फर्किए प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

गौतम निवास भैंसेपाटीमा दुई नेताबीच करिब ४० मिनेट संवाद भएको स्रोतले जानकारी दियो । दुई नेताबीच मङ्गलबार बिहान ११ बजेबाट संवाद सुरु भएर ११ः४० बजे सकिएको एक नेताले जानकारी दिए ।

भैंसेपाटी गठबन्धनमार्फत प्रचण्डको कित्तामा उभिँदै आएका गौतम पार्टी एकताका लागि भन्दै पछिल्लो समय बीचमा उभिँदै आएका छन् । कित्ताकाट गर्दा पार्टी विभाजनको दिशातिर जाने भन्दै एकताको ६ बुँदे प्रस्ताव अघि सारेका गौतमसँग संवादका लागि प्रचण्ड भैंसेपाटी पुगेका बताइएको छ ।

उनीहरूबीच पार्टीभित्र गहिरिँदै गएको सङ्कट व्यवस्थापनका सन्दर्भमा नयाँ रोडम्याप र एकता र सहमतिको रोडम्याप के हुन्छ भन्ने विषयमा कुराकानी भएको स्रोतले जानकारी दियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org