ओली-प्रचण्ड संवाद अनिश्चित, नेम्वाङ पुगे प्रचण्डलाई भेट्न खुमलटार
काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान ९ बजे प्रचण्डलाई भेट्न उपनेता नेम्वाङ प्रचण्डनिवास खुमालटार पुगेका थिए।
दुवै नेताबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा कुराकानी भएको खुमलटार स्रोतले बतायो। ‘अध्यक्ष प्रचण्डलाई भेट्न, उपनेता नेम्वाङ आउनुभएको थियो, उहाँहरुबीच पार्टीभित्र देखिएको विवाद समधानका विषयमा छलफल भएको छ’, स्रोतले भन्यो।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र दुई अध्यक्षबीचको संवाद नै अनिश्चित बनेको समयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता नेम्वाङले प्रचण्डलाई भेट्नुलाई चासोका साथ हेरिएको छ।
अध्यक्ष प्रचण्ड–नेपाल समूहले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपाभित्रको लडाइँ पद र प्रतिष्ठाको नभई विधि र पद्दतिको भएको प्रस्ट पारेका थिए।
प्रचण्ड–नेपाल समूहको कार्यक्रमपछि ओली–प्रचण्डबीच बुधबार साँझ बस्ने भनिएको बैठक स्थगित भएको थियो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीचको बैठक बुधबार स्थगित भए पनि बिहीबार बिहान बस्ने बताएका थिए। तर, बिहीबार मध्यान्हसम्म ओली–प्रचण्डबीच छलफल हुन सकेको छैन।
असार १० गते बसेको नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकार र पार्टीको कामकारबाही सन्तोष जनक नभएको भन्दै ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने बताएपछि विवाद उत्कर्षमा पुगेको थियो। विवाद समधानका लागि भन्दै दुई अध्यक्ष र अन्य नेताहरुबीच पटक पटक छलफल भए पनि अहिलेसम्म समाधान निस्कन सकेको छैन।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...