ताजा समाचार

प्रचण्डले डाकेको सम्पादक भेला स्थगित 

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) , वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको अन्तरिक मतभेदवारे छलफल गर्न सम्पादकहरुलाई बोलाएलगत्तै प्रधानमन्त्रीको सचिवालय आक्रोसित बनेको छ ।

बिहान ७ बजे सम्पादकहरुलाई फोन गरेर २ बजेका लागि छलफलमा बोलाएको थाहा पाएपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत कडा प्रतिकृया जनाएका छन् ।

इनफ इज इनफ भन्दै उनले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मेन्सन गरेर पदको लाज जोगाउन र गुटबन्दीमा नलाग्न भनेका छन् ।

पार्टी एकता विपरित कुनै गतिविधि कतैबाट नहोस भन्दै उनले लेखेका छन्, ‘मुलुक संवेदनशील मोडमा छ महशुुु होस ।’

अर्का अध्यक्ष प्रधानमन्त्री सम्पादकको भेला डाकेकोप्रति आक्रोसित बनेपछि भेला स्थगन गरिएको छ ।

बिहान ७ बजे फोन गरेर प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सम्पादकलाई २ बजे मेरियट होटलमा डाकेका थिए । तर १२ बजे उनैले बोलाइएका सबैलाई एसएमएस गरेर भेला स्थगित भएको सु्चना दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org