ताजा समाचार

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत् थप ३ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् थप तीन प्रहरीमा कोभिड १९ को संक्रमण देखिएको छ।

कार्यलयको कन्ट्रोलमा कार्यरत् ३ जना प्रहरीमा कोरोना देखिएको हो।

प्रहरी स्रोतका अनुसार आइतवार कार्यालयमा नै कार्यरत् प्रहरीका कपाल काट्ने नाई हुन्। उनीमा संक्रमण देखिए लगत्तै उनको सम्पर्कमा आएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको छ। यही क्रममा थप तीन जनामा कोरोना पुष्टी भएको हो।

यसअघि कोरोना देखिएका प्रहरी संक्रमितका दाइमा कोरोना भाइरसको संक्रमण देखिए पछि उनको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको हो।

संक्रमितका दाइ पनि प्रहरी नै हुन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् थिए। अहिले कार्यालयमा उनीहरुको सम्पर्कमा आएकाहरुको पीसिआर परीक्षण गर्ने तयारी भइरहेको छ। केही प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ।

त्यस्तै प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायत विभिन्न जिल्लामा कार्यरत ३ सय भन्दाबढी प्रहरीलाई कोरोना देखिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org