ताजा समाचार

कोटेश्वरको असर्फी टोल सिल, १७ जनामा कोरोना पुष्टि

काठमाडाैँ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको असर्फी टोल सिल गरिएको छ ।

पछिल्ला केही दिनमा कोरोना संक्रमित बढेपछि सो क्षेत्र सिल गरिएको हो ।

१८ साउनमा ४ जना किराना पसल सञ्चालकमा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।

जसमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ भने तीन जनालाई घरमै आइसोलेसनमा राखिएको छ ।

आइतबार कोरोना संक्रमण पुष्टि भएका सो क्षेत्रमा किराना पसलमा सामान किन्न जानेहरू हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org