ताजा समाचार

जुगल पहिरो अपडेट : २१ जना बेपत्ता, पाँच जनाको उद्धार

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोले २१ घर पुरिएको छ।
आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन्। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिलेसम्म २१ जना पुरिए भन्ने आएको छ तर घटनास्थल नपुगि भन्न सकिने अवस्था छैन्।                                               उनले खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको बताए। अहिलेसम्म घटनास्थलमा सेना र प्रहरी पुगेको छैन। स्थानीयले उद्धारको प्रयास गरिरहेका छन्। स्थानीयका अनुसार पाँच जनाकाे उद्धार गरिएकाे छ।

वडाअध्यक्ष लामाले सेना र जनपद प्रहरी घटनास्थलतर्फ हिँड्दै गइरहेको जानकारी दिए। लिदीमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए। ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको अध्यक्ष लामाले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org