बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी
काठमाडाै । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानकाे प्रयासमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेकाे छ ।
९ दिनयताकाे संवादहिनता ताेड्दै ओली–प्रचण्डले हिजोबाट पुनः छलफल सुरु गरेका छन् । २ अध्यक्षबीच हिजो भएको छलफल निष्कर्ष उन्मुख रहेको बताइएको छ । सोही छलफलको निरन्तरताका रूपमा अहिले २ अध्यक्षबीच कुराकानी भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी छन ।
४ मंसिरमा भएको सचिवालय बैठकको निर्णयलाई थप व्याख्या गरी पार्टीको जारी स्थायी कमिटी बैठकलाई महाधिवेशन केन्द्रित गर्ने विषयमा दुवै अध्यक्ष सहमति नजिक पुगेकाे बताइएको छ ।
आज सहमति भए ओली–प्रचण्डले स्थायी कमिटी बैठककाे निरन्तरताबारे औपचारिक जानकारी दिनेछन् ।
नेकपाकाे स्थायी कमिटी बैठक गत १० असारदेखि सुरू भएको थियाे । बैठक चलिरहँदा अचानक १६ असारमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राखेपछि विवाद थप चुलिएकाे थियाे ।
हिजो बिहीवार झन्डै ४ घन्टाको छलफलपछि ओली स्थायी कमिटी बैठक सञ्चालन गर्न सकारात्मक रहेको जानकारी हिजै साँझ थापागाउँस्थित प्रेसिडेन्टल बिजनेस कलेजमा बसेको प्रचण्ड–नेपाल समूहको भेलामा प्रचण्डले जानकारी गराएका थिए ।
उक्त भेलाबाट रायसमेत लिएर प्रचण्ड शुक्रबार बिहान बालुवाटार पुगेका हुन् ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...