ताजा समाचार

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी

काठमाडाै । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानकाे प्रयासमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेकाे छ ।

९ दिनयताकाे संवादहिनता ताेड्दै ओली–प्रचण्डले हिजोबाट पुनः छलफल सुरु गरेका छन् । २ अध्यक्षबीच हिजो भएको छलफल निष्कर्ष उन्मुख रहेको बताइएको छ । सोही छलफलको निरन्तरताका रूपमा अहिले २ अध्यक्षबीच कुराकानी भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी छन ।

४  मंसिरमा भएको सचिवालय बैठकको निर्णयलाई थप व्याख्या गरी पार्टीको जारी स्थायी कमिटी बैठकलाई महाधिवेशन केन्द्रित गर्ने विषयमा दुवै अध्यक्ष सहमति नजिक पुगेकाे बताइएको छ ।

आज सहमति भए ओली–प्रचण्डले स्थायी कमिटी बैठककाे निरन्तरताबारे औपचारिक जानकारी दिनेछन् ।

नेकपाकाे स्थायी कमिटी बैठक गत १० असारदेखि सुरू भएको थियाे । बैठक चलिरहँदा अचानक १६ असारमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राखेपछि विवाद थप चुलिएकाे थियाे ।

हिजो बिहीवार झन्डै ४ घन्टाको छलफलपछि ओली स्थायी कमिटी बैठक सञ्चालन गर्न सकारात्मक रहेको जानकारी हिजै साँझ थापागाउँस्थित प्रेसिडेन्टल बिजनेस कलेजमा बसेको प्रचण्ड–नेपाल समूहको भेलामा प्रचण्डले जानकारी गराएका थिए ।

उक्त भेलाबाट रायसमेत लिएर प्रचण्ड शुक्रबार बिहान बालुवाटार पुगेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org