ताजा समाचार

लिदी पहिरो : गम्भीर घाइते पाँच जनालाई हेलिकप्टरबाट अस्पताल ल्याइयो

काठमाडाै । जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ । सेनाको टोलीले हेलिकप्टरबाट उनीहरूको उद्धार गरेको हो ।             घाइतेहरूलाई चौतारास्थित जिल्ला अस्पताल ल्याएर उपचार गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्ला समन्वय समितिको अगुवाइमा उद्धारका लागि हेलिकप्टर पठाइएको उनले जानकारी दिए । ‘पहिरो अझै झरिरहेकाले सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्, यकिन तंथ्याक र क्षति विवरण आइसकेको छैन,’ उनले भने ।

पहिरोबाट निकालिएका गम्भीर घाइते ५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । ‘पहिरोबाट १५ जना बाहिर निस्केकामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ, घाइतेको उद्धार कार्य गरिँदै छ,’ उनले भने । सुरक्षाकर्मी नपुगेकाले स्थानीय र जनप्रतिनिधि मिलेर खोजी र उद्धार कार्यमा जुटेको श्रेष्ठको भनाइ छ । उनका अनुसार १३ घर पुरिएकोमा पाँच घरका स्थानीय सम्पर्कविहीन छन् ।

चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षतविक्षत बनाएको स्थानीय आशबहादुर दोङले फोनमा बताए । उनले भने पहिरोमा ३५ जना हराइरहेको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org