ताजा समाचार

काठमाडौंमा ३८६ सहित उपत्यकामा थपिए ४५४ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिएका हुन् ।

शुक्रबार काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ र ललितपुरमा ३२   जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार काठमाडौंमा ३५७ जना, भक्तपुरमा ४२  र ललितपुरमा ४६  जना गरी ४४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।  बुधबार काठमाडौंमा ३५०  जना, भक्तपुरमा ९ र ललितपुरमा २९ जना गरी ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

मंगलबार काठमाडौं ३९३ जना, भक्तपुरमा ३० र ललितपुर ५८ जना गरी ४८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। सोमबार काठमाडौं १९० जना, भक्तपुरमा ४१ र ललितपुर ६७ गरी २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५  र ललितपुर १२ गरी ४२९ कोरोना संक्रमित थपिएका थिए ।  शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org