ताजा समाचार

दहचोकको आइशोलेसन सेन्टरमा कोरोना संक्रमित उत्रिए आन्दोलनमा

काठमाडाैँ । काठमाडाैँको चन्द्रागीरी नगरपालीका स्थित दहचोकमा रहेको आइशोलेसन सेन्टरमा रहेको कोरोना संक्रमितहरु आन्दोलित भएका छन ।

काठमाडाैँको दहचोकमा रहेको मनमोहन अस्पतालको भवनमा सञ्चालित आईशोलेशन सेन्टरमा रहेका करिब २०० जना कोरोना संक्रमितहरुले विभिन्न माग राख्दै अान्दोलित भएका हुन ।

करिव २०० जनाको संख्यामा विरामी भएको आइशोलेसन सेन्टरमा १४ दिन पछी पिसिआर परिक्षण नगरेर घर पठाइरहेको र बासी, कुहिएको खाना दिने गरेको भन्दै आन्दोलन गरेका हुन ।

एक कोरोना संक्रमित विरामी भनेः १४ दिन पछी घर जादा हामीलाई समाजले अवस्था सिर्जना हुन्छ । १० दिनको आइशोलेसन बसाई निकै कष्टपुर्ण अवस्था झेल्नु परेको छ । खाना प्लाष्टिक पोको पारेर पशुलाई गर्ने जस्तो व्यवहार गरिएको छ ।  हामी १४ दिन पछी घर जादा अनिवार्य पिसिआर परिक्षणको व्यवस्था होस ।

अहिले भिड नियन्त्रण गर्न प्रहरी पुगेको समेत जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org