ताजा समाचार

आज पनि केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडाैँ ।  आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसाे प्रदेश- १,  बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने छ ।

आज राति प्रदेश- १, प्रदेश- २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूती पोखरेलले जानकारी दिइन् । उनका अनुसार भोलि प्रदेश- १, बागमती, गण्डकी प्रदेश र प्रदेश- ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति देशभर प्रदेश- १, बागमती, गण्डकी प्रदेश र प्रदेश- ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org