ताजा समाचार

चितवनमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

काठमाडाैँ । चितवन मेडिकल कलेजमा उपचारारत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

ती वृद्ध श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका थिए ।

उनको मृत्यु भएसँगै चितवनमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक/एक जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org