मल नल्याउने दुई ठेकेदार कम्पनी शैलुङ र हानाेकोलाई कारबाही, ठेक्का रद्द, धराैटी जफत हुने
काठमाडाैँ । कृषि सामग्री कम्पनीले समयमा मल आपूर्ति नगर्ने दुई ठेकेदार कम्पनीलाई कारबाही गर्ने भएको छ।
कृषि मन्त्रालय अन्तर्गतको सो कम्पनीले मल आपूर्तिका लागि ठेक्का लगाएकाे थियो।
शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानाेको मल्टिप्रपोज कम्पनीलाई कारबाही गर्ने निर्णय भएको हो।
कृषि सामग्री कम्पनीले दुवैसँगको ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने, समयमै मल आपूर्ति नगरेका कारण भएको क्षतिपूर्ति भराउने र कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको हो।
‘चारवटा विषयमा निर्णय भएको छ,’ कृषि मन्त्रालय स्रोतले भन्यो, ‘केही समयपछि यस विषयमा औपचारिक निर्णय सार्वजनिक हुनेछ।’
सो सरकारी कम्पनीले दुवै ठेकेदार कम्पनीलाई २५–२५ हजार मेट्रिक टन मल आपूर्ति गर्ने ठेक्का दिएको थियो।
दुवै कम्पनीले भदौ २० गतेसम्म सबै मल ल्याइसक्ने बताएका थिए।
दुवैले ५–५ करोड रुपैया धरौटी राखेका छन्। ठेकेदार कम्पनीहरुले समयमै मल नल्याउँदा प्रमुख कृषिबाली धान खेतिको समयमा देशभर मलको चरम आभाव देखिएको छ।
मल आपूर्तिको समय सकिनु एक दिनअघि दुवै कम्पनीले ठेक्काको समयअवधि बढाउन कम्पनीमा निवेदन दिएका थिए।
समयमा मल आपूर्ति नगर्ने ठेकेदार कम्पनीलाई कारबाही अघि बढाउन कृषिमन्त्री घनश्याम भुसालले गतसाता नै कृषि सामग्री कम्पनीलाई निर्देशन दिएका थिए।
Comments
अरु समाचार
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...