वामदेव र नारायणकाजीलाई कुनैपनि हालतमा मन्त्री बन्न नदिन बालुवाटारमा चल्दै छ यस्ताे खेल
काठमाडाैँ । बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरुको जोड कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई अबको क्याबिनेत बैठकबाट निर्णय गराएर सांसदमा लाने तर गौतम र नारायणकाजी श्रेष्ठजस्ता नेता राष्ट्रियसभा सदस्य भए पनि संविधानतः मन्त्री बन्न नसक्ने तर्क गरेका छन्।
यी दुई नेता मन्त्री हुनै लागेछन् भने पनि तुरुन्तै रिट बोकेर सर्वोच्च पुग्ने गरी वकिलहरुको एउटा समूह तयारी हालतमा छ।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ फरक फरक विधिमार्फत् संघीय संसदमा प्रवेश भए पनि मन्त्री नै बनाइहाल्न चाहिँ प्रधानमन्त्रीको रुची नदेखिँदा शीर्ष नेतबीच यो विषयमा पनि माथापच्ची चल्ने भएको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।
सोमबारको भेटमा प्रचण्डले संविधानको धारा ७८ को विभिन्न उपधारा स्मरण गराउँदै अर्का अध्यक्षलाई भने, ‘कुनै प्रक्रिायमार्फत् संघीय संसदमा प्रवेश गरिसकेको अवस्थामा मन्त्री बनाउन मिल्दैन भन्ने कुरा तार्किक छैन, वास्तविकता पनि होइन।’
प्रचण्डले यति भनेपछि बल्ल केपी ओलीले भेद खोले, ‘साथीहरु वकिल-सोकिल तयार पारेर बसेका छन्।’
२० गते नै पद रिक्त हुँदा पनि वामदेवको नाम पार्टी निर्णयबमोजिम राष्ट्रपतिसमक्ष सिफारिसमा ढिलाइ हुनुको कारण कथं सांसद भइहाले पनि मन्त्री बन्न नपाइने बालुवाटारको अडानबीच के तादाम्य होला? भैँसेपाटीनिकट स्रोतका अनुसार ‘आ…भैगो त अब म जान्न’ भन्दै बामदेवलाई गलाउने मेलो हो।
त्यस्तै भर्खरै अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडा र सेक्युरिटी प्रेस खरिदमा बार्गेनिङ प्रकरणमा राजीनामा दिएका गोकुल बाँस्कोटालाई भने ओली आफ्नो लागे पुगेसम्म मन्त्री बनाउने मुडबाट पछि हटेका छैनन्।
Comments
अरु समाचार
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...