ताजा समाचार

काठमाडौँ बाहिर आवतजावतमा प्रशासनले गर्‍यो थप कडाइ (सूचनासहित)

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बाहिर जाने सवारीलाई थप कडाइ गर्ने भएको छ।

यसअघि जारी गरिएको निषेध आदेशको अवधिमा पासबिनै अत्यावश्यक काममा जानेलाई सहजीकरण गर्ने गरेको भए पनि अब पासबिना कसैलाई पनि बाहिर जान पनि नदिने भएको हो।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै पास लिनका लागि सम्बन्धित व्यक्ति कार्यालयमा अनिवार्य उपस्थित हुनैपर्ने जानकारी गराएको छ। यसअघि दाहसंस्कारमा जाने, सरुवा भएर जाने कर्मचारी लगायतलाई पासबिनै सहजीकरण गरेर पठाउने गरिएको थियो।

तर अब उनीहरुले पनि पास लिनैपर्ने भएको छ। पास लिनका लागि अत्यावश्यक कामको प्रयोजन प्रस्ट खुल्ने कागजातका साथै गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमति पत्र तथा जाने स्थानको स्थानीय तहको सिफारिससमेत लिएर निवेदन दिनुपर्ने छ।

तोकिएका अत्यावश्यक काम बाहेककालाई सवारी पास जारी नगर्ने पनि प्रशासनले जनाएको छ।

राजधानीको अवस्था सामान्यतर्फ लैजानका लागि बाहिरबाट हुने आवतजावतलाई भने थप कडाइ गरिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org