कुलमानको अवधि आज सकिँदै, निरन्तरताका लागि ऊर्जा मन्त्रालयले आजै प्रस्ताव लिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लगिने भएको छ ।
उनको कार्यकाल आज (आइतबार) बाट सकिँदै छ । उनको पुनः नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयले प्रस्ताव तयार पारेको छ । मन्त्रालयका अनुसार उनको पुनः नियुक्तिको लागि आजै प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पठाउने तयारी भएको छ । उनको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा आज दर्ता भएपछि अब बस्ने मन्त्रिपरिषद बैठकले उनलाई नियुक्ति दिने निर्णय गर्नेछ ।
यसअघि सत्तारुढ दल नेकपाका अध्यक्ष अध्यक्षद्वयबीच भएको छलफलमा कुलमानलाई दाहोर्याउन प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली सहमत भएका थिए । उनले, कुलमानलाई बोलाएर नियुक्तिबारेको छलफल गर्ने प्रचण्डसँगको पछिल्लो भेटमा भनेका थिए । तर, उनलाई बालुवाटार बोलावट भने भएको छैन् । कुलमान यसअघि पनि प्रतिस्पर्धाबाटै नियुक्ति भएका थिए । एउटै पदका लागि सोही व्यक्तिले पुनः नियुक्ति लिदा प्रतिस्पर्धा गर्न पर्दैन् ।
मन्त्रिपरिषद बैठकले उनलाई दाहोर्याउने निर्णय गर्नेबित्तिकै घिसिङ पुनः १ कार्यकालका लागि प्राधिकरणको निर्देशकमा नियुक्ति हुनेछन् । ऊर्जा मन्त्रालयले पुनः नियुक्तिको प्रस्ताव तयार पारेपनि मन्त्रिपरिषद बैठकले निर्णय नगर्दासम्म नियुक्ति अन्यौलमै छ । कुलमानको पुनयिुक्तिबारे निर्णय भइसकेको छैन् । ऊर्जा मन्त्रालयले उनको पुनः नियुक्तिका लागि प्रस्ताव बनाएर मनित्रपरिषदमा लैजानका लागि प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गर्दैछन् ।
सुरुवाती दिनमा प्रधानमन्त्री ओली घिसिङप्रति खासै सकारात्मक थिएनन् तर, सामाजिक संजालमा घिसिङको समर्थन देखेपछि घिसिङलाई पुनः नियुक्ती गर्न राजी भएको बताइएको छ ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...