ताजा समाचार

कुलमानको अवधि आज सकिँदै, निरन्तरताका लागि ऊर्जा मन्त्रालयले आजै प्रस्ताव लिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लगिने भएको छ ।

उनको कार्यकाल आज (आइतबार) बाट सकिँदै छ । उनको पुनः नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयले प्रस्ताव तयार पारेको छ ।  मन्त्रालयका अनुसार उनको पुनः नियुक्तिको लागि आजै प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पठाउने तयारी भएको छ । उनको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा आज दर्ता भएपछि अब बस्ने मन्त्रिपरिषद बैठकले उनलाई नियुक्ति दिने निर्णय गर्नेछ ।

यसअघि सत्तारुढ दल नेकपाका अध्यक्ष अध्यक्षद्वयबीच भएको छलफलमा कुलमानलाई दाहोर्याउन प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली सहमत भएका थिए । उनले, कुलमानलाई बोलाएर नियुक्तिबारेको छलफल गर्ने प्रचण्डसँगको पछिल्लो भेटमा भनेका थिए । तर, उनलाई बालुवाटार बोलावट भने भएको छैन् ।  कुलमान यसअघि पनि प्रतिस्पर्धाबाटै नियुक्ति भएका थिए । एउटै पदका लागि सोही व्यक्तिले पुनः नियुक्ति लिदा प्रतिस्पर्धा गर्न पर्दैन् ।

मन्त्रिपरिषद बैठकले उनलाई दाहोर्याउने निर्णय गर्नेबित्तिकै घिसिङ पुनः १ कार्यकालका लागि प्राधिकरणको निर्देशकमा नियुक्ति हुनेछन् ।  ऊर्जा मन्त्रालयले पुनः नियुक्तिको प्रस्ताव तयार पारेपनि मन्त्रिपरिषद बैठकले निर्णय नगर्दासम्म नियुक्ति अन्यौलमै छ । कुलमानको पुनयिुक्तिबारे निर्णय भइसकेको छैन् । ऊर्जा मन्त्रालयले उनको पुनः नियुक्तिका लागि प्रस्ताव बनाएर मनित्रपरिषदमा लैजानका लागि प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गर्दैछन् ।

सुरुवाती दिनमा प्रधानमन्त्री ओली घिसिङप्रति खासै सकारात्मक थिएनन् तर, सामाजिक संजालमा घिसिङको समर्थन देखेपछि घिसिङलाई पुनः नियुक्ती गर्न राजी भएको बताइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org