ताजा समाचार

अख्तियार प्रमुख घिमिरेको बिदाइ आज

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे अनिवार्य अवकास पाएर बिदा हुँदैछन् ।

आइतबार मध्यान्ह आयोगको मुख्यालय टंगालमा घिमिरेको बिदाइ कार्यक्रम राखिएको छ ।

०७५ असोज ४ मा उनि प्रमुख आयुक्त नियुक्त भएका थिए । २३ महिने कार्यकाल पूरा गरेका घिमिरेले ६५ वर्षे उमेर हदका कारण अवकास पाएका हुन् ।

३ जना आयुक्त नियुक्त हुँदै

घिमिरेको अवकास सँगै अख्तियारमा तीनजना आयुक्त नियुक्ति गर्ने तयारी छ । आयोगमा अहिले दुई आयुक्त डा. सावित्री थापा गुरुङ र डा. गणेशराज जोशी कार्यरत छन् । संविधान अनुसार आयोगमा एकजना प्रमुख आयुक्त र ४ जना आयुक्त रहने ब्यवस्था छ ।

३ जना रिक्त सिटमा आयुक्त बन्न पूर्व गृहसचिव प्रेम कुमार राई, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दीलिपकुमार रेग्मी र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दबीच प्रतिस्पर्धा छ ।

पूर्वगृहसचिव राई प्रधानमन्त्री केपी ओली निकट छन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख रेग्मी र चन्दमध्ये एक जनालाई प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाको कोटामा आयुक्त नियुक्त गर्न लागिएको बताइएको छ ।

केही पूर्वसचिवहरु पनि आयुक्त बन्न ठुला नेतालाई लविङ गरिरहेका छन् ।

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुको नियुक्ति हुन्छ ।

अख्तियारका आयुक्त डा. गणेशराज जोशीलाई प्रमुख आयुक्त नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ । डा. जोशी प्रमुख आयुक्त नियुक्त भएमा आगामी चैतसम्म बहाल रहनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org