ताजा समाचार

विद्युत प्राधिकरणबाट आज बिदा हुँदै कुलमान

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ।

प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार पुन: नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन्।

‘प्राधिकरणमा उहाँलाई विदाइ गर्ने आज कुनै औपचारिक कार्यक्रम छैन,’ प्राधिकरण स्रोतले भन्यो, ‘आज रातिसम्म क्याबिनेटले उहाँलाई पुन: नियुक्तिको निर्णय गरेन भने भोलि उहाँ प्राधिकरण आउनु हुन्न।’

घिसिङ २०७३ साल भदौ २९ मा क्याबिनेट निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए। उनले प्राधिकरण सम्हालेपछि लोडसेडिङमुक्त गराएका थिए। यसैकारण नागरिकस्तरबाट पनि घिसिङलाई पुन: नियुक्तिका माग भइरहेका छन्।

‘पुन: नियुक्तिको प्रस्ताव गएको छ/छैन पनि थाहा छैन,’ स्रोतले भन्यो, ‘एक सातादेखि मन्त्रिपरिषद बैठक पनि बसेको थाहा छैन।’

आइतबार मन्त्रिपरिषद बैठक बस्ने सूचना अहिलेसम्म नआएको एक मन्त्रीले  बताए।

‘अहिले २ बजेसम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै खबर आएको छैन,’ ती मन्त्रीले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org