सेनामा भगौडा र उपदानमा जानेको सङ्ख्या ह्वात्तै बढ्यो
काठमाडौं । नेपाली सेनामा पछिल्लो समय पेन्सन नै नभई सेवा छाड्नेको सङ्ख्या निकै ठूलो रहेको पाइएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै एक हजार ६३२ जनाले पेन्सन नभई बीचमै सेवा छाडेका थिए । विशेष गरी तल्लो तहका सैनिकले पेन्सनसम्बन्धी माग सम्बोधन नभएको, बढ्दो बजार मूल्यका कारण परिवार पाल्न धौधौ भएको र विकल्पका रुपमा वैदेशिक रोजगारीका लागि काम गर्न जाने सिलसिलामा बीचमै सेवा छाड्ने गरेका हुन् ।
आव २०७६÷७७ मा ८६७ जना राजीनामा दिई उपदानमा बाहिरिएका थिए भने ७६५ जनाले भगौडाका रुपमा सैनिक सेवा छाडेको तथ्याङ्क छ । सेवा परित्याग गरेर जानेमा खासगरी तल्लो तह सिपाहीदेखि हवल्दारसम्मको सङ्ख्या अधिक छ । सेवामा १६ वर्षसम्म सेवा गरेको जनशक्ति पनि पेन्सन नभई सेवा छाडिरहेको आँकडा देखिन्छ । विसं २०६० सम्म सिपाहीदेखि हबल्दारसम्मका लागि १६ वर्षे सैनिक सेवा गरेपछि पेन्सन हुने व्यवस्था थियो ।
पेन्सनको अवधि २० वर्ष पु¥याएपछि उपदानमा जाने र भगौडाको सङ्ख्या उल्लेखनीय रुपमा बढेकाले सकलदर्जालाई टिकाइराख्न र जनशक्तिको व्यवस्थापन गर्न जङ्गीअड्डालाई समस्या भएको छ । सैन्यमा भर्ना हुन १८ वर्ष उमेर तोकिएको हुँदा १६ वर्षमा पेन्सन भएका खण्डमा ३५ वर्ष उम्मेरभित्रै दोस्रो क्यारियर शुरु गर्न सहज हुने भएकाले पनि सिपाहीदेखि हबल्दारसम्मका लागि सङ्गठनले प्राथमिकताका अघि सारेको पेन्सनसम्बन्धी नीतिलाई सरकारले अनुमोदन गर्नु उपयुक्त हुने पूर्वउपरथी होम लावतीको सुझाव छ ।
स्वदेश होस् वा विदेशका अधिकांश कम्पनीले ३५ वर्ष ननाघेका भूपू सैनिकलाई सुरक्षागार्डका लागि प्राथमिकता दिने र त्यस्ता कम्पनीले उपलब्ध गराउने आकर्षण तलब सुविधाले तल्लो तहका सैनिकको मन लोभ्याएको हो । सेनाले केही वर्षअघि राजीनामा दिनेको ओइरो लागेपछि क्षेत्रगत रुपमा कोटा निर्धारण गरी केही समय होल्ड गरेर मात्र राजीनामा स्वीकृत गर्ने नीति नै बनाएको थियो ।
कठिन परिश्रमको तुलनामा ज्यादै थोरै तलब सुविधा तथा बढ्दो बजार मूल्य र महँङ्गीले जीवनयापन गर्न र सन्ततिलाई गुणस्तरीय शिक्षा दिन नसकेर विकल्पका रुपमा बाध्य भई खाडीलगायत मुलुकमा जान सैनिक सेवा छाड्नुपरेको सैनिक सेवा छाड्ने बताउँछन् । यद्यपि नेपाली सेनाले सकलदर्जा र उनका परिवारलाई स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ भने शिक्षातर्फ पनि सकलदर्जाका एक सन्ततिलाई पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनको मौका प्रदान गर्दै आएको छ ।
अनवरत तालीम र दुःखको तुलनामा सुविधा कम भएको गुनासो दैनिक रुपमा सैनिक नेतृत्वले प्रशस्त सुन्नु परेको छ ।
Comments
अरु समाचार
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...
-
परराष्ट्रमन्त्री डा राणाद्वारा न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा...