राहदानीसम्बन्धी सेवा पुन: सञ्चालन
काठमाडौं। अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुन: सञ्चालन भएको छ।
विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आजदेखि सुरु भएको हो।राहदानी सेवा पुन: सञ्चालन गरेसँगै विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान सुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा नि:शुल्क राहदानी प्रदान गरिने जनाइएको छ।
विभागको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट नि:शुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।
उनका अनुसार चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका तथा विभिन्न कारणले उडान सञ्चालन भए तापनि आफ्नो मुलुक फिर्ता हुन सक्ने विदेशी मङ्सिर मसान्तसम्म नियमानुसार राहदानी शुल्क लिएर पर्यटक राहदानी नियमित गर्ने तयारी भएको छ ।
पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेहरुले १५ दिनभित्र जरिवाना शुल्क र विलम्ब शुल्क नलिई नि:शुल्क राहदानी नवीकरण हुने उनले जानकारी दिए।
उनका अनुसार चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका पर्यटकले पाँच महिनाका अवधिसम्म गत चैत ८ देखि साउन ३० गतेसम्म १५० दिन नि:शुल्क राहदानी बसे तापनि साउन ३० गतेपछि मङ्सिरसम्म शुल्क तिरेर सेवा नियमित गर्न सक्नेछन्।
अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा र पोखराबाट समेत वितरण हुने भएको छ।
अध्यागमन कार्यालय काँकारभिट्टा झापा र पोखरा कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने निर्देशक तिवारीले जानकारी दिए।
उनका अनुसार सीमित मात्रामा अन्तर्राष्ट्रिय उडान पुन: सञ्चालन भएसँगै केही कर्मचारीबाट दैनिक सेवा प्रवाह भइरहेको छ।
Comments
अरु समाचार
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...
-
परराष्ट्रमन्त्री डा राणाद्वारा न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा...