ताजा समाचार

बालुवाटारमा ओली-प्रचण्ड छलफल, स्थायी समिति बैठकको समीक्षा

काठमाडौं ।  स्थायी समिति बैठक सकिएपछि पहिलो पटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

आइतबार साँझ भएको छलफलमा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी थिए । ओलीसँग भेटघाटका लागि प्रचण्ड साँझ ५ बजे बालुवाटार पुगेका थिए । छलफल साँढे ७ बजेसम्म चलेको थियो ।

भेटघाटका क्रममा भर्खर सम्पन्न स्थायी समितिको बैठकको समीक्षा भएको महासचिव विष्णु पौडेले जानकारी दिए । स्थायी समिति बैठकका क्रममा निकै उतारचढाव देखिएको भए पनि सकारात्मक  निष्कर्षका साथ सकिएको धारणा दुवै अध्यक्ष व्यक्त गरेको पौडेले बताए।

स्थायी समिति बैठकले एकतालाई बलियो बनाउने र सहमतिकासाथ अधि बढ्ने कुरालाई जोड दिएको निष्कर्ष अध्यक्षद्वयले निकालेको महासचिव पौडेलको भनाइ छ।

आसार १० गते सुरु भएको स्थायी समिति बैठक पार्टीको आन्तरिक विवादका कारण पटक-पटक रोकिएर भदौ २६ गते सकिएको थियो।

यसअघि आइतबार दिउँसो उपाध्यक्ष्य वामदेव गौतमको नेतृत्व रहेको संगठन विभागको बैठक पार्टी कार्यालय धुम्बाराहीका बसेको थियो।

त्यस बैठकले पार्टीको महाधिवेशनलाई लक्षित गरी मंसिर महिनाभरमा पार्टी सदस्यता नवीकरण काम सक्ने निर्णय गरेको छ । असोज महिनाभरि सदस्यता अभिलेख एकीकृत गर्ने कार्तिकबाट नवीकरण सुरु गरेर मंसिरसम्म नवीकरण सक्काउने निर्णय गरेको संगठन विभागका सदस्य खगराज भट्टले जानकारी दिए।

बैठकले संगठन विभागको सचिवमा बनाउनका लागि केन्द्रीय सदस्य ज्ञान बहादुर भुजेललाई संगठन विभागमा थप गर्न पार्टीलाई सिफरिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org