बालुवाटारमा ओली-प्रचण्ड छलफल, स्थायी समिति बैठकको समीक्षा
काठमाडौं । स्थायी समिति बैठक सकिएपछि पहिलो पटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
आइतबार साँझ भएको छलफलमा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी थिए । ओलीसँग भेटघाटका लागि प्रचण्ड साँझ ५ बजे बालुवाटार पुगेका थिए । छलफल साँढे ७ बजेसम्म चलेको थियो ।
भेटघाटका क्रममा भर्खर सम्पन्न स्थायी समितिको बैठकको समीक्षा भएको महासचिव विष्णु पौडेले जानकारी दिए । स्थायी समिति बैठकका क्रममा निकै उतारचढाव देखिएको भए पनि सकारात्मक निष्कर्षका साथ सकिएको धारणा दुवै अध्यक्ष व्यक्त गरेको पौडेले बताए।
स्थायी समिति बैठकले एकतालाई बलियो बनाउने र सहमतिकासाथ अधि बढ्ने कुरालाई जोड दिएको निष्कर्ष अध्यक्षद्वयले निकालेको महासचिव पौडेलको भनाइ छ।
आसार १० गते सुरु भएको स्थायी समिति बैठक पार्टीको आन्तरिक विवादका कारण पटक-पटक रोकिएर भदौ २६ गते सकिएको थियो।
यसअघि आइतबार दिउँसो उपाध्यक्ष्य वामदेव गौतमको नेतृत्व रहेको संगठन विभागको बैठक पार्टी कार्यालय धुम्बाराहीका बसेको थियो।
त्यस बैठकले पार्टीको महाधिवेशनलाई लक्षित गरी मंसिर महिनाभरमा पार्टी सदस्यता नवीकरण काम सक्ने निर्णय गरेको छ । असोज महिनाभरि सदस्यता अभिलेख एकीकृत गर्ने कार्तिकबाट नवीकरण सुरु गरेर मंसिरसम्म नवीकरण सक्काउने निर्णय गरेको संगठन विभागका सदस्य खगराज भट्टले जानकारी दिए।
बैठकले संगठन विभागको सचिवमा बनाउनका लागि केन्द्रीय सदस्य ज्ञान बहादुर भुजेललाई संगठन विभागमा थप गर्न पार्टीलाई सिफरिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...