ताजा समाचार

ललितपुरमा पहिरोले २ टिपर पुरिए, पाँचजना घाइते, हेलिकप्टरबाट उद्धारको तयारी

काठमाडौं । लगातारको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिकास्थित कान्ति लोकपथ खण्ड, भट्टेडाँडामा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पहिरोमा पुरिएका छन् ।

पहिरोमा पुरिदा पाँचजना घाइते भएका छन् । दुईजनाको अवस्था सिकिस्त छ । घाइतेको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भए पनि प्रतिकूल मौसमका कारण उडानमा कठिनाइ भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार अहिले १५ जना प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घाइतेलाई बोकेर ल्याउन सकिने अवस्था छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org