माैसममा क्रमिक सुधार, यस्तो छ आज वर्षाको सम्भावना
काठमाडाैँ । मौसम क्रमिक रूपमा सुधार हुँदै गएको मौसमविद्ले बताएका छन्।
आज (शनिबार) पनि काठमाडौंमा बिहानैदेखि घाम देखिएको छ। आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना एकदमै कम रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन्।
‘मौसम क्रमिक रूपमा सुधार भइरहेको छ,’‘हिजैबाट देशका विभिन्न स्थानमा घाम लाग्न थालेको हो।’
मौसमविद् बासीका अनुसार हिजो काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर ५ को पश्चिमी क्षेत्रमा घाम लागेको थियो।
‘तर पूर्वी क्षेत्रमा न्यून चापीय क्षेत्रको थोरै प्रभाव बाँकी नै छ,’ उनले भनिन्, ‘त्यही भएर प्रदेश नम्बर १ र २ का एक दुई स्थानमा आज भारी वर्षा हुने सम्भावना छ।’
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
यस्तै प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि एक दुई स्थानमा आज दिउँसो मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ। प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ।
बुलेटिनअनुसार राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एकर दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि दिएको छ : प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
सामान्यतया नेपालबाट मनसुन बाहिरिने मिति यही सेप्टेम्बर २७ भए पनि अन्तिम समयमा गत चार/पाँच दिन देशभर व्यापक वर्षा भएको थियो। माैसमविद्का अनुसार भनेकै दिन मनसुन बाहिरिँदैन। केही दिन अघि पछि हुन्छ। केही वर्षयता नेपालमा मनसुन लम्बिइरहेकाे छ। अक्टाेबरसम्म पनि रहने गरेकाे छ।
मनसुन अझै केही दिन रहने देखिए पनि दिनप्रतिदिन वर्षा कम हुँदै जाने मौसमविद् मञ्जु बासीले बताइन्। ‘वर्षा भए पनि हिजो अस्तिको जस्तो बाढी पहिरो जाने खालको हुने सम्भावना छैन,’ मौसमविद् बासीले भनिन्।
मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार आगामी २ दिन यस्तो छ वर्षाको सम्भावना :
असोज ११ गते आइतबार
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
राति : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज १२ गते सोमबार
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।
राति : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।
महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...