ताजा समाचार

ओली-प्रचण्डबीचको छलफल सकियो, मन्त्रिपरिषद् पुनर्गठन आजभोलि नै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा छलफल केन्द्रित रहेको ओली निकट स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहेका ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीच मापदण्ड र रोस्टर बनाउने विषयमा कुराकानी भएको हो ।

बालुवाटारनिकट स्रोतले मन्त्रिपरिषद्‍मा अब ल्याउने सदस्य अधिकांश नयाँ अनुहार हुने जानकारी दियो । “पटकपटक लाभ पाएकालाई भन्दा नयाँ र दुई-तीनपटक सांसद भएर पनि मन्त्री बन्न नपाएकालाई नै प्राथमिकता दिइने छ,” उनले भने ।

पूर्वएमाले घटकमा नयाँ अनुहारलाई प्राथमिकता दिए पनि पूर्वमाओवादीबाट भने दोहोरिने सम्भावना रहेको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org