ताजा समाचार

‘ट्याक्स डिफल्टर’ बैरागीलाई सरकारले बनायो मुख्यसचिव

काठमाडाैँ ।  सरकारले आय कर छली गर्ने व्यक्तिलाई मुख्यसचिव बनाएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। कार्यकाल सकिनु केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन्।

नेपाल सरकारको सचिवका रुपमा परराष्ट्र मन्त्रालयमा कार्यरत  बैरागी विदेशस्थित नियोगमा कार्यरत रहँदा वैदेशिक भत्ताको २५ प्रतिशतमा लाग्ने पारिश्रमिक कर नतिरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा अहिले पनि सुरक्षित छ ।

‘ट्याक्स डिफल्टर’ लाई मुख्यसचिव बनाउँदा कर्मचारीको मनोबल, प्रशासनिक स्वच्छता, तटस्थता र निष्पक्षताका नारा सबै खत्तम हुने एक पूर्वमुख्यसचिवको ठहर छ ।

सम्बन्धित सामाचारः

‘ट्याक्स डिफल्टर’ लाई मुख्यसचिव बनाउदै सरकार

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org