ताजा समाचार

प्रधानमन्त्री ओली एकलौटी ढङ्गले अघि बढेपछी नेकपामा चुलियो असन्तुष्टि

प्रधानमन्त्री ओली फर्किएर पुरानै खाल्डोमा पुगे

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताले प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढङ्गले अघि बढेको आरोप लगाएका छन् ।

स्थायी कमिटीको पाँचौं बैठक र सचिवालयको ६८औं बैठकको भावनाविपरीत एकलौटी निर्णय गरेको एक सचिवालय सदस्यले बताए । “कूटनीति मामिलासँग गाँसिएको राजदूत सिफारिसजस्तो निर्णय पनि पार्टीमा छलफल भएको छैन ।

फेरि जस-जसलाई सिफारिस गरिएको छ, मापदण्डविपरीत छ । त्यसरी निर्णय गर्ने भनेर पार्टीले भनेको छैन । बैठकको निर्णय पनि यो होइन । केपी ओली फर्किएर पुरानै ठाउँमा पुग्नुभयो,” ती नेताले भने ।

मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत कुरा उठे पनि राजदूत, संवैधानिक नियुक्तिका विषयमा केही पनि कुरा नभएको उनले बताए । “दुईजना अध्यक्षले छलफल गर्नुभयो होला । तर, सचिवालयमा केही पनि कुरा भएको छैन । यो सरासर एकलौटी गर्ने कुरा हो । विवाद बल्झाउने कुरा हो,” उनी भन्छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टीमा छलफल नभएको बताए । “राजदूत सिफारिसबारे छलफल भएको छैन । के-के निर्णय भए त्यो पनि बुझ्न पाएको छैन,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org