ताजा समाचार

उपत्यकामा १५६० संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ५६० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३७३ , ललितपुरमा १८७ र भक्तपुरमा ३९ कोरोना संक्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौंमा ५०५ महिला र ८६८ पुरुष, ललितपुरमा ७९ महिला र १०८ पुरुष र भक्तपुरमा २० महिला र १९ पुरुष रहेका छन् ।

शनिबार काठमाडौंमा एक हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी एक हजार १७७ कोरोना संक्रमित थपिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org