डा. केसी निस्वार्थ सत्याग्रही हुन, अहिले उनको जीवनरक्षा प्रमुख कुरा हो : प्रवक्ता श्रेष्ठ
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नाराणकाजी श्रेष्ठले डा. गोविन्द केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको बताएका छन्।
यो सबै नेपालीका लागि खुसीको कुरा भएको उनको भनाइ छ।
बिहीबार सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत प्रवक्ता श्रेष्ठले डा. केसी निस्वार्थी सत्याग्रही भएको कुरामा कुनै शंका नरहेको बताएका छन्। उनले डा. केसीसँग कयौँ विषयमा असहमति हुन सक्ने भन्दै अहिले भने उनको जीवनरक्षा प्रमुख कुरा भएको बताएका छन्।
डा. केसीको १९ औँ आमरण अनससन २५ दिन पुगेको र उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि प्रवक्ता श्रेष्ठले उनको जीवन रक्षाका लागि ध्यानदिन सरकार, अनशनरत डा. केसी र आम सर्वसाधारणमा आग्रह समेत गरेका छन्।
‘डा. गोविन्द केसी १९ औं अनशनको २५औं दिनमा हुनुहुन्छ। डा. केसीसँग कयौँ विषयमा असहमति हुन सक्ला र छन् पनि। सबै मिलेर कोरोनाको बिरुध्द जुझ्नु पर्ने बेलामा यसपटक अनशनको समयका बारेमा सोच्नु पर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ। तर, के कुरामा शंका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ’, प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो। उहाँको जीवन महत्वपूर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनु पर्दछ।’
प्रवक्ता श्रेष्ठले सरकारले बुधबार डा. केसीसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको बताएका छन्। उनले वार्ता छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने र समस्याको समधान समेत हुने विश्वास व्यक्त गरेका छन्।
‘सरकारले हिजो डा. केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ। आशा गरौं, छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ। समाधान हुनेछ’, प्रवक्ता श्रेष्ठले लेखेका छन्।
सरकार र डा. केसीका प्रतिनिधिबीच बिहीबार बिहान १०.३० बजेबाट शिक्षा मन्त्रालयमा छलफल भइरहेको छ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...