ताजा समाचार

२१ संगठनद्वारा संयुक्त आन्दोलनको घोषणा : एमसिसी खारेजदेखि विप्लवको प्रतिबन्ध हटाउन माग

काठमाडौं । सरकारविरुद्ध साना २१ संगठनहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन्।

उनीहरूले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आन्दोलनको घोषणा गरेको हो।  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ राजनीतिक दलका संगठन सरकारविरोधी आन्दोलनमा होमिएका हुन्।

२१ राजनीतिक संगठनमध्ये २० दलको संगठन कार्यगत एकताको बैठक बसेर एकजुट भएर आन्दोलन गर्ने निर्णय गरेको हो।  प्रधानमन्त्री ओली कार्यकालमा राष्ट्रघात तथा जनघातका कार्य भएको भन्दै त्यसविरुद्ध अर्को जनआन्दोलन गर्ने निर्णय गरेको हो। बैठकले एमसिसी खारेजी, नयाँ नक्सा जारी गरेपछि भूभाग फिर्ता लिनुपर्ने, कोरोना महामारीमा भएको भ्रष्टाचार तथा गैरजिम्मेवारको विरोध, निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेलगायत माग गरेको छ।

रोजगारी गुमाएकालाई रोजगारीको व्यवस्था गर्नुपर्ने, बलात्कार हत्याजस्ता अपराध नियन्त्रण गर्नुपर्ने निर्णय गरेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध हटाउन समेत माग गरेको छ।

कुन कुन छन् एकतामा आबद्ध संगठन?

नेपाल (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्टिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, राष्टिय जागरण मञ्च, जन समाजवादी पार्टी, नेकपा (संयुक्त), राष्टिय जागरण परिषद् नेपाल रहेका छन्। यस्तै, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र नेपाल, एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (माक्सवादी), नेकपा माओवादी (पुष्पलाल) र ने.क.पा. (माओवादी) सहभागि छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org