२१ संगठनद्वारा संयुक्त आन्दोलनको घोषणा : एमसिसी खारेजदेखि विप्लवको प्रतिबन्ध हटाउन माग
काठमाडौं । सरकारविरुद्ध साना २१ संगठनहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन्।
उनीहरूले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आन्दोलनको घोषणा गरेको हो। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ राजनीतिक दलका संगठन सरकारविरोधी आन्दोलनमा होमिएका हुन्।
२१ राजनीतिक संगठनमध्ये २० दलको संगठन कार्यगत एकताको बैठक बसेर एकजुट भएर आन्दोलन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री ओली कार्यकालमा राष्ट्रघात तथा जनघातका कार्य भएको भन्दै त्यसविरुद्ध अर्को जनआन्दोलन गर्ने निर्णय गरेको हो। बैठकले एमसिसी खारेजी, नयाँ नक्सा जारी गरेपछि भूभाग फिर्ता लिनुपर्ने, कोरोना महामारीमा भएको भ्रष्टाचार तथा गैरजिम्मेवारको विरोध, निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेलगायत माग गरेको छ।
रोजगारी गुमाएकालाई रोजगारीको व्यवस्था गर्नुपर्ने, बलात्कार हत्याजस्ता अपराध नियन्त्रण गर्नुपर्ने निर्णय गरेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध हटाउन समेत माग गरेको छ।
कुन कुन छन् एकतामा आबद्ध संगठन?
नेपाल (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्टिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, राष्टिय जागरण मञ्च, जन समाजवादी पार्टी, नेकपा (संयुक्त), राष्टिय जागरण परिषद् नेपाल रहेका छन्। यस्तै, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र नेपाल, एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (माक्सवादी), नेकपा माओवादी (पुष्पलाल) र ने.क.पा. (माओवादी) सहभागि छन्।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...