ताजा समाचार

काठमाडौं उपत्यकामा १४१६ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ४१६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौंमा ४०८ महिला र ७३७ पुरुष, ललितपुरमा ७१ महिला र ९० पुरुष र भक्तपुरमा ५० महिला र ६० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ कोरोना भाइरस संक्रमित थपिएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org