उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
चुनावी साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली वेभिनारमार्फत उद्घाटन गर्नेछन् । मंसिर ११ गते बिहान साढे ११ बजे उद्घाटन हुने साधारण सभामा मंसिर १२ गते जुम प्रविधिबाट हुने बन्दसत्र सञ्चालन हुने छ । यस्तै निर्वाचन तथा मतदान मंसिर १३ गते विहान ८ बजेदेखि हुने महासंघको निर्वाचन समितिले जनाएको छ ।
प्रधानमन्त्रीले बालुवाटारबाटै कार्यक्रमको उद्घाटन गर्ने भएका छन् । बालुवाटारमा पदाधिकारी, पूर्वअध्यक्षहरु पुग्नेछन् । बाँकी सदस्यहरु जुममार्फत उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।
उद्योग वाणिज्य समूहको मतदान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट सदस्य समूहतर्फको कार्की व्याङकेट माइतीघरमा र बस्तुगत संघ समूहको महासंघको सचिवालय, टेकुमा हुने छ । कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने पनि महासंघले जनाएको छ । त्यस्ता मतदाताहरु भए आफै वा आफ्नो संस्था मार्फत यथाशक्य चाँडो निर्वाचन समितिलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा महासंघको आगामी अध्यक्ष हुनेछन् ।
वरिष्ठ उपाध्यक्षसहित जिल्ला–नगर, वस्तुगत र एसोसिएटतर्फको उपाध्यक्ष एवं कार्यकारी समिति सदस्यका लागि प्यानलसहित नै दुईवटा समूह बनेको छ । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानबीच निर्वाचन हुने छ । ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् ।
यस्तै प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा शौरभ ज्योती रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरु पनि प्यानलमै आवद्ध भएका छन् ।
६४ पदका लागि १ सय २४ को उमेदवारी
वरिष्ठ उपाध्यक्षसहित ६४ पदका लागि १ सय २४ जनाको उमेदवारी परेको छ । दुई जना कार्यसमिति सदस्य भने निर्विरोध चयन भइसकेका छन् । वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला–नगर तथा एसोसिएटतर्फ एक–एक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १ सय २४ जनाको उमेदवारी परेको हो ।
जिल्ला–नगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उमेदवारी परेको छ । यस्तै वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २८ जना र १९ एसोसिएटतर्फको सदस्यका लागि ३१ जनाको उमेदवारी परेको छ ।
एकजना संस्थागत समूहका लागि तीनजनाको उमेदवारी परेको छ । प्रदेशतर्फ वागमती र लुम्बिनी प्रदेशबाट तीन–तीन जनाको उमेदवारी परेको छ भने प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ६ र सुदूरपश्चिम प्रदेशबाट २–२ जनाले केन्द्रीय कार्यसमिति सदस्यका लागि उमेदवारी दिएका छन् । केन्द्रीय कार्यसमिति सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्धिराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध चयन भइसकेका छन् ।
Comments
अरु समाचार
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...
-
परराष्ट्रमन्त्री डा राणाद्वारा न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा...
-
कर्मचारी अभावमा गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन
काठमाडौं । कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा...
-
भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्ने भन्नुभएको छ: परराष्ट्रमन्त्री डा. राणा
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा...
-
हिरासत कक्षबाट आठ थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका...
-
पारिवारिक सुखको कामना गर्दै आजदेखि जितिया पर्व मनाइँदै
जलेश्वर (महोत्तरी), ७ असोजः सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...