ताजा समाचार

चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न पुगेका फणिन्द्र ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ

काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्रेको छ ।

नेपाललाई प्रहरीले त्रिभुवन विमानस्थलबाट ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लक्षित गरेर काठमाडौको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org