ताजा समाचार

ओलीलाई पार्टी फुटाउन र दुबै जिम्मेवारीमा रजगज गर्न दिइदैन साइजमा ल्याइन्छ

काठमाडाैँ । अनेरास्ववियू नेताहरूको टोलीले बुधबार बेलुकी नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग पनि उहाँकै निवास डल्लुमा भेट गरेको थियो ।

टोलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँगझैं पार्टीभित्र देखिएको समस्याको बारेमा जिज्ञाशा राख्दा राजनीतिक घटनाक्रमको संक्षिप्त विवरण प्रस्तुत गर्दै खनालले अहिलेको समस्याको मूल जड नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताउनुभएको टोलीका एकजना सदस्यले बताए।

‘उहाँलाई पार्टी फुटाउन दिईंदैन र दुबै जिम्मेवारीमा रजगज गर्न नदिएर साइजमा ल्याइन्छ ।’

खनालको भनाई उद्धृत गर्दै ती सदस्यले भने ‘उहाँमा जुन दम्भ,घमण्ड र अहंकार छ त्यसले न कम्युनिष्ट पार्टी बन्छ न समाजवादको आन्दोलन नै अघि बढ्छ ।’ खनालले थप्नुभयो ‘उहाँले गुटका र आसेपासेहरूलाई परिचालन गर्दै हामी (पार्टीका शीर्ष नेताहरू) लाई आमाचकारी गाली गर्नेहरूलाई राजनीतिक नियुक्ति दिएर,सारा गरेर पार्टीलाई ध्वस्त मात्र बनाउने प्रयास गर्नुभएको छैन बाँकी अरु सबैलाई बदनाम गराउनुभएको छ ।’

समस्या समाधानको लागि आफूहरू जिम्मेवार ढंगले अघि बढेको बताउँदै खनालले भन्नुभएको थियो, ‘उहाँलाई पार्टी फुटाउन दिईंदैन र दुबै जिम्मेवारीमा रजगज गर्न नदिएर साइजमा ल्याइन्छ ।’ उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्षले ‘टोटल स्टेप डाउन’ नगरेसम्म अहिलेको संघर्ष अघि बढिरहने उल्लेख गर्दै सचिवालयको पछिल्लो बैठकमा उहाँको प्रस्तुति निकृष्ट खालको रहेको बताउनुभएको थियो । खनालको भनाई थियो ‘गैरराजनीतिक ढंगले नै प्रस्तुत हुनुभयो । उहाँको जिम्मेवारी र महत्वपूर्ण पदको ओज,गरिमा र नैतिकता नै देखिएन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org