ओलीलाई पार्टी फुटाउन र दुबै जिम्मेवारीमा रजगज गर्न दिइदैन साइजमा ल्याइन्छ
काठमाडाैँ । अनेरास्ववियू नेताहरूको टोलीले बुधबार बेलुकी नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग पनि उहाँकै निवास डल्लुमा भेट गरेको थियो ।
टोलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँगझैं पार्टीभित्र देखिएको समस्याको बारेमा जिज्ञाशा राख्दा राजनीतिक घटनाक्रमको संक्षिप्त विवरण प्रस्तुत गर्दै खनालले अहिलेको समस्याको मूल जड नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताउनुभएको टोलीका एकजना सदस्यले बताए।
‘उहाँलाई पार्टी फुटाउन दिईंदैन र दुबै जिम्मेवारीमा रजगज गर्न नदिएर साइजमा ल्याइन्छ ।’
खनालको भनाई उद्धृत गर्दै ती सदस्यले भने ‘उहाँमा जुन दम्भ,घमण्ड र अहंकार छ त्यसले न कम्युनिष्ट पार्टी बन्छ न समाजवादको आन्दोलन नै अघि बढ्छ ।’ खनालले थप्नुभयो ‘उहाँले गुटका र आसेपासेहरूलाई परिचालन गर्दै हामी (पार्टीका शीर्ष नेताहरू) लाई आमाचकारी गाली गर्नेहरूलाई राजनीतिक नियुक्ति दिएर,सारा गरेर पार्टीलाई ध्वस्त मात्र बनाउने प्रयास गर्नुभएको छैन बाँकी अरु सबैलाई बदनाम गराउनुभएको छ ।’
समस्या समाधानको लागि आफूहरू जिम्मेवार ढंगले अघि बढेको बताउँदै खनालले भन्नुभएको थियो, ‘उहाँलाई पार्टी फुटाउन दिईंदैन र दुबै जिम्मेवारीमा रजगज गर्न नदिएर साइजमा ल्याइन्छ ।’ उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्षले ‘टोटल स्टेप डाउन’ नगरेसम्म अहिलेको संघर्ष अघि बढिरहने उल्लेख गर्दै सचिवालयको पछिल्लो बैठकमा उहाँको प्रस्तुति निकृष्ट खालको रहेको बताउनुभएको थियो । खनालको भनाई थियो ‘गैरराजनीतिक ढंगले नै प्रस्तुत हुनुभयो । उहाँको जिम्मेवारी र महत्वपूर्ण पदको ओज,गरिमा र नैतिकता नै देखिएन ।’
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...