ताजा समाचार

चक्रपथ विस्तारमा भगवान बुद्धको हजार मूर्ति स्तुपा भत्किँदैन : मन्त्री नेम्बाङ्ग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले स्वयम्भु क्षेत्रमा रहेको हजार बुद्ध सहित बोधि चैत्यको संरक्षण गरी चक्रपथ सडक विस्तार कार्यलाई अगाडि बढाइने बताउनुभएको छ।

स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरुसँग मंगलबार भएको छलफलमा उनले स्वयम्भु क्षेत्रलाई जोगाएर नै सडक विस्तारको कार्य गरिने बताएका हुन्।

मन्त्री नेम्बाङले सडक निर्माणको मापदण्ड, विश्व सम्पदा सूचिको प्रावधान र पुरातत्व विभागले गर्न सक्ने क्षेत्र भित्र रहेर सडक विस्तारलाई अगाडि बढाइने बताए। हजार बुद्ध सहित बोधि चैत्यको संरक्षण गर्नुपर्छ भन्ने कुरामा सरकार दृढ हरेको पनि उनले बताए।

भत्काउने भन्दा बनाउने ढंगले सकारात्मक रुपमा शान्तिपूर्ण तरिकाले समस्याको निराकरण गर्ने पक्षमा सरकार रहेको भन्दै उनले प्राविधिक दृष्टिकोणबाट हेरेर सकेसम्म सबै संरचनालाई जोगाउने गरी अगाडि बढ्ने कुरामा विस्वस्त हुन आग्रह आग्रह गरे।

छलफलमा स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका संयोजक नोर्बु शेर्पाले अहिले डिजाइन गरिएको सडक विस्तार योजना अनुसार स्वयम्भुको महत्वपूर्ण भाग बौद्धकला सहित निर्मित पर्खाल र ७५ फिट अग्लो हजार बुद्ध सहितको बोधि चैत्य रहेको क्षेत्र भत्काइनुपर्ने भएकाले विरोध गरिएको जानकारी दिएका थिए।

सरकारले चक्रपथ विस्तारको दोस्रो अभियान अन्तर्गत कलंकी देखि महाराजगंज हुँदै धोवीखोला सम्मको सडक क्षेत्र विस्तार गर्दै छ। चक्रपथ विस्तार गर्दा स्वयम्भुको पछाडी पट्टि रहेको हजार बुद्ध सहितको बोधि चैत्य हटाइनुपर्ने भएपछि काठामाडौं महानगरपालिकाले त्यसको प्रक्रिया समेत अगाडि बढाइसकेको छ। त्यसैले स्वयम्भु क्षेत्रका सरोकारवालाहरुले मन्त्री नेम्बाङलाई भेटी उक्त क्षेत्रलाई जोगाई सडक निर्माण गर्नुपर्ने माग गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org