उखु किसान पुन: सडकमा, रित्तो हात घर नफर्किने
काठमाडौं। चिनी उद्योगहरूले उखु किनेबापतको रकम नदिएपछि उखु किसानहरू दोस्रो पटक आन्दोलनमा उत्रिएका छन्।
उखु किसान संघर्ष समितिको नेतृत्वमा आजदेखि काठमाडौंको माइतीघरमा बाँकी रकम भुक्तानी गर्न र गराइदिन दबाब दिँदै आन्दोलन सुरू भएको छ।
यसअघि, गत वर्षको पुसमा उखु किसानहरूले माइतीघरमै बाँकी रकम भुक्तान गर्न भन्दै आन्दोलन गरेका थिए। तत्कालीन समयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको मध्यस्थतामा उद्योगीले बाँकी रकम भुक्तानी गर्ने सहमति जनाएपछि किसानहरूले आन्दोलन फिर्ता लिएका थिए।
तर, त्यसको एक वर्षपछिसम्म पनि पैसा नपाएको भन्दै पुनः आन्दोलनमा उत्रिएको समितिका सचिव हरिश्याम यादवले जानकारी दिए।
उनले भने, “अघिल्लो वर्ष पनि हामी आन्दोलनमा थियौं। तर, अहिलेसम्म बाँकी रकम पाइएको छैन।”
अब भने सबै बाँकी रकम लिएर जाने उनको भनाइ छ। सबै चिनी उद्योगले अहिले किसानको ९० करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको यादवले जानकारी दिए।
उनका अनुसार सबैभन्दा बढी श्रीराम सुगर मिलले ४२ करोड भुक्तानी दिन बाँकी छ। त्यस्तै अन्नपूर्ण सुगर मिलले ३० करोड, लुम्बिनी सुगर मिलले ८ करोड बाँकी रहेको उनले जानकारी दिए।
यस्तै, महालक्ष्मी सुगर मिलले ३ करोड र वागमती र इन्दिरा सुगर मिलले ५/५ करोड दिन बाँकी रहेको समितिले जनाएको छ।
Comments
अरु समाचार
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...
-
परराष्ट्रमन्त्री डा राणाद्वारा न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा...
-
कर्मचारी अभावमा गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन
काठमाडौं । कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा...