ताजा समाचार

ओली सच्चिएर आए पुनः पार्टी एकता हुनसक्छः योगेश भट्टराई

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आए पुनः पार्टी एकता हुन सक्ने बताएका छन् ।

नेता भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताए । प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्नेमा जोड दिए ।

सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे ।  निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org