ताजा समाचार

मुम्बई जाँदै प्रचण्ड, बुधबार स्वदेश फर्किने

काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार मुम्बई प्रस्थान गर्दै छन् ।

प्रचण्ड सोमबार मुम्बई जाने निधो भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पत्नीको उपचारका निम्ति प्रचण्ड मुम्बई जान लागेका हुन् ।

“अध्यक्ष प्रचण्ड आज मुम्बई जाँदै हुनुहुन्छ । मंगलबार चिकित्सकको समय निर्धारण गरिएको छ । छोरी-ज्वाइँको जिम्मा लगाएर पर्सि फर्कने कार्यतालिका छ,” उनले  भने ।

प्रचण्डनिकट स्रोतका अनुसार मुलुकको राजनीतिक र पार्टीको बैठक चलिरहेकाले प्रचण्डले यसपल्ट नजान चाहेका थिए । तर, पत्नी सीताले जिद्दी गरेकाले सँगै जान लागेको बताइएको छ ।

प्रचण्डपत्नी सीता लामो समयदेखि बिरामी छन् । केही दिनअघि उनको मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो । थप उपचारका लागि मुम्बई लैजानुपर्ने अवस्था आएको प्रचण्डनिकट स्रोत बताउँछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org