राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। मन्त्रिपरिषद्को आकष्मिक बैठकले आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने एउटा मात्र निर्णय गरेको स्रोतले जानकारी गराएको छ।
“प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा अब पूरा देश आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा केन्द्रित हुनुपर्ने कारण राष्ट्रियसभाको अधिवेशन यही अन्त्य गर्ने निर्णय भएको छ,” बैठकमा सहभागी एक मन्त्रीले भने, “सबै राजनीतिक दल र राज्यका निकायहरु निर्वाचनको तयारीमा लागिसकेका बेला अब ताजा जनादेशबाट नयाँ संसद् निर्माणमा लाग्नुपर्ने भएकाले राष्ट्रियसभाको अधिवेशन तत्कालका लागि अन्त्य गरिन लागेको हो।”
प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभा मात्र रहेको अवस्थामा सोही ठाउँबाट प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
प्रतिनिधिसभा विघटनलाई लिएर देरभर पक्ष र विपक्षमा राजनीतिक दल तथा मानिसहरु विभाजित भएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक तथा भावनात्मक रुपमा विभाजित भइसकेको छ। नेकपाकै असन्तुष्ट पक्ष प्रतिनिधिसभा विघटनको विरुद्धमा सडक आन्दोलनमा छ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...