ताजा समाचार

राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं। मन्त्रिपरिषद्‍को आकष्मिक बैठकले आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने एउटा मात्र निर्णय गरेको स्रोतले जानकारी गराएको छ।

“प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा अब पूरा देश आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा केन्द्रित हुनुपर्ने कारण राष्ट्रियसभाको अधिवेशन यही अन्त्य गर्ने निर्णय भएको छ,” बैठकमा सहभागी एक मन्त्रीले भने, “सबै राजनीतिक दल र राज्यका निकायहरु निर्वाचनको तयारीमा लागिसकेका बेला अब ताजा जनादेशबाट नयाँ संसद् निर्माणमा लाग्नुपर्ने भएकाले राष्ट्रियसभाको अधिवेशन तत्कालका लागि अन्त्य गरिन लागेको हो।”

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभा मात्र रहेको अवस्थामा सोही ठाउँबाट प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

प्रतिनिधिसभा विघटनलाई लिएर देरभर पक्ष र विपक्षमा राजनीतिक दल तथा मानिसहरु विभाजित भएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक तथा भावनात्मक रुपमा विभाजित भइसकेको छ। नेकपाकै असन्तुष्ट पक्ष प्रतिनिधिसभा विघटनको विरुद्धमा सडक आन्दोलनमा छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org