ताजा समाचार

नेपालमा पनि भेटियो बेलायतमा देखिएको नयाँ ‘भेरियन्ट’भाइरस

नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

काठमाडौं । बेलायतबाट आएका तीन नेपाली नागरिकमा नयाँ ‘भेरियन्ट’भाइरस देखा परेको पुष्टि भएको छ।

दुई पुरुषसहित ( उमेर ६७ र ३२) एक महिलामा (उमेर २८) उक्त भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा आएका नागरिकको स्वास्थ्य परीक्षण गर्नलाई विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो।

पाँच जनामध्ये तीन जनामा ‘भेरियन्ट’ भाइरस देखिएको हो। २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा पिसिआर नेगेटिभ आएको छ। ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org