ताजा समाचार

प्रतिनिधिसभा विघटनको विरोधमा सडकमै ‘नमुना संसद्’

काठमाडौँ  ।  प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार विद्यार्थीहरूले राजधानीमा ‘नमुना संसद्’ आयोजना गरेका छन् ।

नेपाल टिन लिडर्सले पुतलीसडकस्थित पद्मोदय मोडमा सडकमै राष्ट्रिय सभाको सांकेतिक बैठक राखेको हो ।

सहभागीहरूले ६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको मूल मर्म नै सुधारिएको संसदीय व्यवस्था रहेको जनाउँदै संविधान बचाउनु सबैको कर्तव्य रहेकोमा जोड दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org