झाक्रीज्यू, नारीले नारीको मर्म बुझ्नु पर्छ कि पर्दैन ?
काठमाडौं । अहिले सामाजिक सञ्जालमा नेकपा (दाहाल नेपाल समूह) की नेतृ रामकुमारी झाक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएका अभिव्यक्ति भाइरल भइरहेका छन् ।
अझ त्यो भन्दा बढी झाक्रीलाई राष्ट्रपति भण्डारीकी छोरी उषाकिरणले फर्काएको जवाफ झन भाइरल छ । गोरखाको सिरानचोकमा भाषण गर्ने क्रममा भण्डारी सेतो साडी भजाएर राष्ट्रपति भएको र कुनैपनि पुरुष वितेपछि महिलालाई सेतो साडी देखाएर निर्वाचन जिताउने गरिएको बताएकी थिइन । त्यसको चौतफी आलोचना भइरहेको छ ।
भण्डारी पुत्री उषाकिरणले झाँक्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै फेसबुकमा स्टाटस् लेखेकी छन् । उनले स्टाटस्मा भनेकी छन् । ‘हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन ।
यदी तपाइँलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी करिअर महत्वकांक्षा हो भने ठाउँ साटौँ तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ ? लिएर जानुस’ उनले भनिन्, ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनु ।’
झाँक्रीले सिरानचोकको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट बाहिरिएर बालकोट जान र विधवा बनेपछि सेतो सारी लगाएको भनेर आलोचना गरेकी थिइन् । हो नेपाली राजनीतिमा सेतो साडीमा महिलालाई निर्वाचन लडायो भने जितिन्छ भन्ने राजनीतिक दलहरुको बुझाइ छ । त्यो उनीहरुको संगठन गरेर जित्ने भन्दापनि नाफामा पद कसरी हात पार्ने भन्ने ध्याउन्नमा आउने कुरा हो ।
तर, नारीले सेतो साडी खुसीमा लगाउन्नन् । दुःखमा बाध्यताले लाउने हुन् । यस्तो दुःख र बाध्यता पुरुषले भन्दा बढी महिलाले नै बुझ्छन् । र बुझ्नुपर्छ । त्यो एउटी महिलाले मात्रै होइन, अनेकन महिलाले भोग्नु परिरहेका समस्या हुन् । कसैले पनि संगै जीवन काट्ने र सुख दुःखमा जीवनभर सहयात्रा गर्ने भनेर सिउँदोमा उसैको सिन्दुर भएर आएका श्रीमान गुमाउन चाहदैन् । तर, भावीले त्यस्तो लेखेको रहेछ भने नगुमाइ सुखै छैन । राष्ट्रपति भण्डारीले पनि भावीले लेखेका कारण गुमाउन परेको हो ।
हो राजनीतिमा पदमा पुगेपछि नराम्रो काम गर्नेलाई यो गर्नुपथ्र्यो गरिनस भनेर भन्न पाइन्छ । किनकि उनीहरु आमनागरिकको करको पैसामा सेवा सुविधा लिएर पदमा बसेका हुन्छन् । तर, पदमा पुगेर काम नगरेको भनेर आलोचना गर्नुको साटो पारिवारिक विषयबस्तुमा आलोचना गर्ने, संवेदनशीलतामाथि धावा बोल्ने काम कसैले पनि गर्नु हुँदैन ।
अझ, राजनीति गरेर जनताका पक्षका काम गर्छु भनेर लागेकाहरुले त त्यस्तो गर्छु भन्न सुहाउँदै सुहाएन । तसर्थ झाक्री ज्यू, महिला भएर महिलाको मर्म बुझ्नुस । तपाईजस्तो समाजलाई सत्मार्गमा डोहर्याउछु भनेर राजनीतिमा लागेको व्यक्तिबाट अर्की एउटी नारीमाथि लगाइएका तुच्छ आरोप सैह्य हुन सक्दैनन् ।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...