ताजा समाचार

विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित प्रतिद्वन्दी तथा आयोजक क्यानडाको सामना गर्दैछ । घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा प्रस्तुत हुनेछ। पहिलो खेलमा नेपाल क्यानडा सँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

आजको खेल नेपाली समयअनुसार साँझ ८ः४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ। क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा सँग र दुई प्रतिस्पर्धा ओमानसँग गर्ने खेल तालिका रहेको थियो। उक्त प्रतियोगितामा क्यानडासँग नेपालले दोस्रो खेल खेल्न लागेको हो। नेपालले ओमानसँग प्रतिस्पर्धात्क खेलमा पहिलो खेलमा १ विकेटको हार खाएको छ। ओमानसँगको अन्तिम खेल नेपालले मंगलबार खेल्नेछ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी–२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ। क्यानडामा सिरिज खेलिसकेर नेपाल लिग–२ का लागि अमेरिका पुग्नेछ। अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी२० आई सिरिज खेल्नेछ।

चार खेल खेलेको नेपालको २ अंक छ। यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँगका दुई खेलमा हार खाएको थियो भने नेदरल्याण्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org