ताजा समाचार

पूर्व प्रधानमन्त्री खनालको दिल्लीको अपोलो अस्पतालमा उपचार सुरु

काठमाडाैँ ।  पूर्व प्रधानमन्त्री झलनाथ खनालको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले खनाल अस्पताल भर्ना भएको फोटो सामाजिक सञ्जालमा राख्दै उनको उपचार सुरु भएको जानकारी दिएका छन्।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता खनाल नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट नेता दिल्ली प्रस्थान गरेका हुन्।खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।

खनाल शरीर काँप्ने रोगबाट पीडित छन्। यसअघि अमेरिका र चीनमा उपचार गराएका खनालले चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण दिल्ली गएका पारिवारिक स्रोतले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org