ताजा समाचार

नेकपाको विवाद समाधान गरेर तोकिएकै समयमा निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचनको गतिविधिलाई तीव्र बनाएको छ।

आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १४ दललाई बोलाएर आचारसंहिताको बारेमा छलफल गरेको छ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेपछि त्यसमाथि छलफल गर्न बैठक बोलाइएको दलहरूसँगको छलफलपछि  प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

‘संघ प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका छौँ। दलका प्रतिनिधिले सुझाव प्राप्त भएको छ केही दलहरूले भोलिसम्म लिखितरूपमा दिने भन्नुभएको छ’ उनले भने, ‘त्यसपछि आचारसंहिता लागू हुन्छ।’

आयोगले प्रतिनिधिसभा विघटनपछिको विभाजित सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद पनि छिट्टै समाधान गर्ने तयारी गरिरहेको उनले बताए। ‘आयोग दलहरूमा देखिएको समस्या छिट्टै निर्णय गरेर निकास दिने तयारी गरिरहेको छ’ उनले भने।

दलको सुझाव आएपछि आयोगले आचारसंहिता लागू गर्ने उनले बताए। उनले सरकारले तोकको ०७८ वैशाख १७ र २७ गते निर्वाचन गराउनका  आयोग सक्षम भएको दाबीसमेत गरे।

आचारसंहितामा विगतको अनुभवलाई समेटेर परिमार्जित रूपमा लागू हुने बताए। दल दर्ताको विषयमा बोलाएको छलफलपछि नेकपा प्रचण्ड–माधव पक्षको पत्र प्राप्त भएपछि अध्ययन गरिरहेको समेत जनाए। ​

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org